बिरगंज जिल्ला शिक्षा कार्यालय घेराउ

Posted on August 29th, 2011 by Amedia  |  No Comments »

बिरगंज, भाद्र १२ l  जिल्ला जन वकालत मंच पर्सा र स्थानीय दलित विकास पथ पर्साले विभिन्न मागहरु राख्दै  आज जिल्ला शिक्षा कार्यालय घेराउ गरेको छ l   आ.ब. २०६६/०६७ र २०६७/०६८ मा पिसिएफ र राहत दरबन्दीमा दलित, आदिबासी र बहिष्कृत वर्गको सहभागिताको विवरण, दलित बालबालिकाहरुलाई वितरण गरेको दलित छात्रवृतिको  वितरण, सुरजी देवी माबीको शिक्षिका निलिमा सिंहको बिना उपस्थित तलब भत्ता खुवाएको कारण खुलाई बिस्तृत विवरण शिक्षा कार्यालय र जिल्लाका  बिद्यालयहरुमा कार्यरत शिक्षक् हरुको थर सहितको बिबरण उपलब्ध गराउनु पर्ने लगायतका माग गर्दै शिक्षा कार्यालय घेराउ गरेको कार्येक्रम संयोजक शिव नारायण शाह एवं सहजकर्ता लालचन महतोले जनाए l  

नेपालको ३५ औ प्रधानमन्त्रीको डा. बाबुराम भट्टराई

Posted on August 28th, 2011 by Amedia  |  No Comments »

काठमाडौँ, ११ भाद्र l  गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा एमाओवादी उपाध्यक्ष भट्टराई  ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्। प्रतिदोन्दी नेपाली कांग्रेसका रामचन्द्र पौडेलले भने २३५ मत प्राप्त गरेका छन् l संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, [...]

मधेसवादी मोर्चा संगको सम्झौता पश्चात भट्टराईको पोल्टामा प्रधानमन्त्री पद

Posted on August 28th, 2011 by Amedia  |  Comments Off

काठमाडौँ, ११ भाद्र l  एमाओवादीका उपाध्यक्ष् तथा सभासद डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पदको दौडमा सहभागी भए पश्चात विभिन्न दलहरु संगको बार्ता धेरै भएता पनि आखिरकार  मधेसवादी पार्टीहरु संग ४ बुँदे सहमति गरि नेपालको ३५ औ प्रधानमन्त्रि  पदको लागी सफल हुनु भएको छ l   ४ बुँदे सहमतिमा समायोजन हुने माओवादी लडाकुको संख्या ७ हजारमा सीमित गर्न कोसिस गरिने, राज्य पुनर्संरचना आयोग गठन नगर्ने, विभिन्न आन्दोलनका दौरान लगाईएका मुद्दाहरु फिर्ता लिने लगायत छन्। पूर्ण पाठ : शान्ति, संविधान र संयुक्त [...]

सभासद जमकट्टेलमाथी सांघातिक आक्रमण

Posted on August 28th, 2011 by Amedia  |  No Comments »

काठमाडौँ, ११ भदौ l ए.माओबादीका मजदुर नेता तथा सभासद  सालिकराम जमकट्टेल शनिबार साझ अपरिचित  ब्यक्तिबाट  धारिलो  हतियारले सांघातिक आक्रमणमापरि गम्भीर घाइते भएका  छन् l  साझ ७ बजे घरबाट बाहिर निस्केको केहि मिनेटमानै काठमाडौँको बबरमहल स्थित फोनमा कुरा गरि हिडेको अवस्थामा पछाडीबाट उनी माथी आक्रमण भएको हो l उपचारका लागि तत्काल थापाथली स्थित नर्भिक अस्पतालमा पुराइएका जमकट्टेलको टाउकोको शल्यक्रिया गरिएको छ l  आइ.सी.यू.मा राखीएका जमकट्टेल अहिले खतरा मुक्त भने भैनसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् l  उनको टाउकाको देब्रे भागमा १२ इन्च लामो छटके  चोट  लागेको छ l टाउकाको कारण दायाँ हात अल्पकालिन प्यारालाईसीस  भएको छ l  नेपाल औषधी लिमिटेड नजिक आक्रमणबाट घाइते भएर सडकमा लडेका उनलाई अस्पताल पुरयाउदा बोल्न सक्ने अवस्थामा नभएको  प्रहरी  अधिकारीले जानकारी दिएका छन् l उनलाई [...]

युवाहरु नेताहरुको राजनीतिक मोहरा बने – प्रदिप पौडेल

Posted on August 28th, 2011 by Amedia  |  No Comments »

  काठमाडौँ, १० भदौ l नेपाल बिधार्थी संघका निबर्तमान अध्यक्ष प्रदिप पौडेलले राजनीतिक दलका नेताहरुले युवाहरुलाई  आफ्नो अभिस्ट पुरा गर्नका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन् l “रुपान्तरणका लागि युवा दर्शन” नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पौडेलले दलका नेताहरुले मात्रै नभएर राज्यपनि युवा प्रति उत्तरदायीत्व नदेखिएको कारण युवाहरुको भावी भविश्य अन्यौलमा परेको दावी गरे [...]

पर्यटन वर्ष प्रबर्धनको लागी मलेसियामा नेपाली चर्चित कलाकारहरुको प्रस्तुति हुने

Posted on August 26th, 2011 by Amedia  |  No Comments »

काठमाडौँ, ९ भाद्र l नेपाल पर्यटन वर्ष २०११ को प्रबर्धन गर्ने उदेश्यले नेपालका ख्याती प्राप्त कलाकारहरुले मलेसियामा चार दिने सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् l आज आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी गराएका हुन् l प्रबासी मगर संघको आयोजनामा मलेसियाको जेहो रबारू, क्वालालाम्पुर, पेनांग, पोर्टके लांगमा गरि चार स्थानमा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति गर्ने छन् [...]

नेत्र हिन संघ का पदाधिकारी को राजिनामा माग

Posted on August 26th, 2011 by Amedia  |  No Comments »

काठमाडौँ, ८ भदौ l  नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मन्चले नेपाल नेत्रहिन संघका पदाधिकारी भ्रस्टाचारमा लिप्त भएको भन्दै संघका पदाधिकारीहरुको राजिनामा माग गरेको छ l  मन्चले पत्रकार सम्मेलन गरि संघको भवन निर्माणको लागी दातृ निकायहरुले प्रयाप्त रकम दिएको र सरकारले बहुमुल्य जग्गा समेत दिएकोमा प्राप्त रकम दुरुपयोग गरेको र जग्गा समेत दुरुपयोग गरेको भन्दै पदाधिकारीहरुको राजिनामा माग गरेको हो l संघलाई सरकारले काठमाडौँको सुकेधारामा एक रोपनी चार आना [...]

बिरगंजलाई पनि महानगरपालिका बनाउन माग

Posted on August 22nd, 2011 by Amedia  |  No Comments »

बिरगंज,५ भाद्र बिरगंज उप महानगर पालिकालाई  महानगर पालिका बनाउन पर्सा जिल्लाका सर्बदलीय पार्टी प्रतिनिधीहरुले सरकार संग माग गरेका छन् l नेकपा एमाले जिल्लाअध्यक्ष् बिजय महतोको  अध्यक्ष्तामा बसेको बैठकमानेपाली कांग्रेस,एनेकापा माओबादी, सदभावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल,मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेकपा संयुक्त लगाएत बैठकमा दश   वटा पार्टी हरुको  सहभागिता रहेको  एनेकपा माओबादी पर्साका इन्चार्ज क्ष् त्र बहादुर श्रेष्ठ ले बताउनु भयो l श्रेष्ठलेपोखरिया,बसन्तपुर्,शिव बर्बार, सिरिसिया, नौ तज गाबिस लाई समेटेर पोखरियालाई नगरपालिका बनाउनेसाथै पर्सा जिल्ला को सात गाबिस सिरिसिया खाल्वाटोला, अलौ , रामगढवा, प्रसौनी बिर्ता, मनियारी, भवानी पुर्,लिपनी बिर्ता, र  बारा जिल्लाको चार वटा गाबिस लिपनीमाल, बहुअरी,  इटियही र बलरामपुर् लाई समेटेर बिरगंज उपमहानगरपालीकालाई महानगरपालिका बनाउन सरकारसंग माग गर्ने   निर्णय [...]

अबको सरकार सहमतिको, पार्टी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा: माओबादी निर्णय

Posted on August 16th, 2011 by Amedia  |  No Comments »

काठमाडौं, साउन ३१ – प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिए पश्चात  राष्ट्रपति डा. रामवरण यादवले भदौ ४ गतेसम्म राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरे अनुसार  माओवादीले अबको सरकार सहमतिको बनाउने र यसको नेतृत्व पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले गर्ने निर्णय गरेको छ। पदाधिकारी बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्रै यस्तो सरकार गठन गर्न माओवादीले तत्कालै पहल शुरू गर्नेछ। [...]

यातयात व्यवसायीहरूको ४१ सूत्रीय माग सहित आन्दोलनमा

Posted on August 16th, 2011 by Amedia  |  No Comments »

यातयात व्यवसायीहरूले सरकार समक्ष पेश गरेको ४१ सूत्रीय माग पूरा नभए मंगलबारदेखि देशभर यातयात ठप्प पार्ने चेतावनी दिएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरुले नेपालको सडक यातयातमा [...]